कोरोना नियन्त्रणमा सरकारको काम उत्साहजनक : प्रधानमन्त्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोरोना नियन्त्रणमा सरकारको काम उत्साहजनक : प्रधानमन्त्री

    खबरपुञ्ज संवाददाता

    २ आश्विन २०७७, शनिबार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा सरकारको काम उत्साहजनक भएको दाबी गर्नुभएकाे छ । कोभिड-१९ संक्रमण नेपालमा देखिनु अगाडि र अहिले उपचार पूर्वाधार तथा क्षमतामा आकास र जमिनको फरक रहेको उहाँले बताउनुभयाे ।

    संविधान दिवसको अवसरमा शनिबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीलाई सरकारले चुनौतीका रुपमा नभई अवसरको रुपमा लिएको र बजेटमार्फत स्वास्थ्य पूर्वाधार खडा नगर्ने योजना कार्यान्वयनमा ल्याएको बताउनुभयाे ।

    उहाँले भन्नुभयाे, ‘डिलमा बसेर आलोचना थर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको समिक्षा गर्ने हो भने अहिलेसम्मको कामको तस्वीर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छ ।’

    जनसंख्याको कम्तिमा २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने हाम्रो अनुमानित प्रतिबद्धता पूरा भएको उहाँले बताउनुभयाे । आईसीयू बेड क्षमता १५५१ बाट २६०० र भेन्टिलेटर ७७० बाट ९०० पुर्‍याइएको उहाँले बताउनुभयाे ।

    ‘पहिले जिल्ला अस्पताल रहेका स्थानीय तहमा मात्रै अस्पताल सेवा उपलब्ध थिए, अहिले बाँकी ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल निर्माणको व्यवस्था गरिएको छ । प्रदेश सरकार र अस्पतालहरुलाई आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री, मानवीय तथा वित्तीय स्रोतको व्यवस्था गरिएको छ’ उहाँले भन्नुभयाे ।

    कोभिड-१९ का लक्षण तथा रोकथामका उपायहरुबारे जानकारी भएको, केस व्यवस्थापनका लागि आवश्यक पिपिई सहितका सामग्रीहरु उपलब्ध रहेको उहाँले बताउनुभयाे ।