तनहुँ : तनहुँको व्यास नगरपालिका-१ माहिलीडॉडा टोल विकास संस्थाले कोभिड-१९ विरुद्ध सचेतना कार्यक्रम गरेको छ । संविधान दिवसको अवसरमा शनिबार टोलले सचेतनामूलक कार्यक्रम गरेको हो ।
कोभिड-१९ को जोखिम कायमै रहेकाले टोल विकास संस्थाका सदस्यलाई यसबाट बच्ने उपायका बारेमा जानकारी प्रदान गरिएको टोलका अध्यक्ष श्रीराम गन्धर्वले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा नेशनल एपोलो हस्पिटलका मुटु, छाती तथा पेट रोग विशेषज्ञ डा. किरण सोतीले कोभिड-१९ र हाल नेपालमा देखापरेका लक्षणहरु र त्यसबाट बच्ने उपायबारे जानकारी प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा व्यास नगरपालिका-१ का वडा सदस्य चुडामणि दाहालले वर्तमान समयमा कोभिड विरुद्ध सचेतना आवश्यक रहेकामा जोड दिँदै टोलको कार्यक्रमको सराहाना गर्नुभयो ।
संस्थाका उपाध्यक्ष श्रीधरा थापाले स्वागत गरेको स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव ममता कोइरालाले गर्नुभएको थियो ।