२४ घण्टामा ११ को मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २४ घण्टामा ११ को मृत्यु

    खबरपुञ्ज संवाददाता

    २ आश्विन २०७७, शनिबार

    काठमाडौँ : नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ७ जना महिला र ४ जना पुरुष रहेका छन् । मृत्यु हुने महिलामा ललितपुरका दुई जना ७६ बर्षिय र ६८ बर्ह्सिय महिला रहेका छन् भने काठमाडौँकी ७७ बर्षिय, मकवानपुरकी ३७ बर्षिय, मोरङकी ६५ बर्षिय, रौतहटकी ५१ बर्षिय महिला रहेका छन् ।  

    त्यस्तै मृत्यु हुने पुरुषमा ललितपुरका ६० बर्षिय, काठमाडौँका ७५ बर्षिय पुरुष, रुपन्देहीका ६९ बर्षिय र बाँकेका ४५ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।