तनहुँ : हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईन्छ । नयाँ संविधान कार्यान्वयमा आएको पाँच वर्ष पूरा भएको छ । नेपालको संविधान २०७२ जारी भएपश्चातको छैटौँ संविधान दिवस दिवसमा तनहुँका स्थानीय तह र समाजिक संघसंस्थाले दीप प्रज्वलन गरी मनाएका छन् ।
यहाँको शुक्लागण्डकी नगरपालिकाले कार्यालयमा साँझ दिप प्रज्वलन गरेको छ । शुक्लागण्डकी जेसीजले दुलेगौँडा जेसीज प्रतिक्षालय अगाडी सडकमै नेपालको नक्सा बनाएर दिप प्रज्वलन गर्यो । स्थानीय जनप्रतिनिधि, राजनितीक दलका प्रतिनिधि र सर्वसाधारण स्वतस्फुर्त संविधान दिवस मनाउन सहभागी भएका थिए ।
लियो क्लब अफ दुलेगौँडा खैरेनीटारले पनि दुलेगौँडास्थित विपीचोकमा दीप प्रज्वलन गरेको थियो । भीमादमा रोटयाक्ट क्बल अफ भीमादले पनि संविधान दिवसमा सडकमा चिटिक्क परेको नेपाल नक्सा बनाएर दीप प्रज्वलन गरेको छ । देवघाट गाउँपालिकाले पनि आफ्नो फेसबुक पेजमा कार्यलय परिसरमा दिप प्रज्वलन गरेको तस्बिर पोस्ट्याएको छ । हेर्नुहोस तस्बिरमा