उद्योग वाणिज्य सङ्घद्वारा ट्राफिकलाई कोन हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उद्योग वाणिज्य सङ्घद्वारा ट्राफिकलाई कोन हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०७७, आईतवार

    तनहुँ : दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले तनहुँ उद्योग वाणिज्य सङ्घले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई कोन हस्तान्तरण गरेको छ । सङ्घले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत ट्राफिक प्रहरी कार्यालयलाई आइतबार २५ थान कोन हस्तान्तरण गरेको हो ।

    सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटलाई उक्त कोन हस्तान्तरण गर्नुभयो । कार्यक्रमका नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले दुर्घटना न्यूनीकरणका लागि सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । उद्योग वाणिज्य सङ्घ निस्वार्थ सेवा गर्ने सामाजिक संस्था भएकाले यस्ता काममा सङ्घको सदैव सहयोग रहने श्रेष्ठले बताउनुभयो ।

    तनहुँ उद्योग सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठले दुर्घटना न्यूनीकरणको अभियानमा उद्योग वाणिज्य सङ्घ सदैव सहकार्य गर्न तयार रहेको बताउनुभयो । प्रहरी एक्लैको प्रयासले मात्रै दुर्घटना न्यूनीकरण सम्भव नरहेकाले यस अभियानमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले सबैको सहयोग रहे ट्राफिक व्यवस्थापन सृदृढ बनाउन सकिने र त्यसका लागि सङ्घले पु¥याउँदै आएको सहयोग उदाहरणीय रहेको बताउनुभयो । तनहुँलाई ट्राफिक व्यवस्थापनमा गण्डकी प्रदेशकै नमूना जिल्ला बनाउने अभियानमा आफू लागिपरेको रानाभाटले जानकारी दिनुभयो । सङ्घबाट प्राप्त कोन सफासडक, भोर्लेटारचोक, प्रहरी कार्यालय अगाडी राखिनेछ ।

    बजार क्षेत्रमा जथाभावी पार्किङ गर्ने क्रम बढेकाले प्रहरीले अब चेन र ह्विल लकको अवधारणा ल्याउन लागेको रानाभाटले बताउनुभयो । “जहाँपायो त्यही गाडी, मोटरसाइकल रोक्यो, सवारी चालक कता जान्छन् थाहा हुँदैन, अब त्यस्तालाई कारवाही गर्न चेन र ह्विल लकको अवधारणा ल्याउँछौ,” रानाभाटले भन्नुभयो, “नियम उल्लङ्घन गर्नेलाई कारवाहीको दायरामा ल्याउँछौ ।”

    सामाजिक उत्तरदायित्व वहन अन्तर्गत दुर्घटना न्यूनीकरण अभियानमा सङ्घले विगतमा पनि प्रहरीलाई सहयोग गर्दै आइरहेको प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले जानकारी दिनुभयो । सङ्घका पूर्व अध्यक्ष शङ्करलाल राजभण्डारीले नयाँ ट्राफिक प्रमुखकाे आगमनसँगै बजार क्षेत्रमा सुधारका काम देखिन थालेकाे बताउनुभयाे । दमौली बजार इकाई सभापति राजकुमार श्रेष्ठ (राकु)ले दमौली बजारमा ‘नो हर्न ः नो ओभरटेक’ अभियानका क्रममा पनि प्रहरीलाई सङ्केत सामग्री सहयोग गरिएको बताउनुभयो ।

    उद्योग वाणिज्य महासङ्घका महासचिव इमकुमार मल्लले जिल्लाका अन्य ठाउँमा पनि बजार इकाई मार्फत् ट्राफिक व्यवस्थापनका लागि सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।