मिर्गौला उपचार केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मिर्गौला उपचार केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०७७, आईतवार

    तनहुँ : निर्मल माध्यमिक विद्यालय एसएलसी २०४५ व्याचले तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड–१९ को त्रासका बाबजुद पनि स्वास्थ्यकर्मीले अग्रपङ्क्तिमा रहेर सेवा प्रदान गरेकाले उनीहरुको हौसला बढाउनका लागि निर्मल माविका पूर्व विद्यार्थीको समूहले स्वास्थ्यकर्मी सहयोग गरिएको हो ।

    निर्मल माध्यमिक विद्यालय एसएलसी २०४५ व्याचका अध्यक्ष त्रिभुवन श्रेष्ठ र सचिव निर्मल पण्डितले उक्त स्वास्थ्य सामग्री आइतबार दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीको उपस्थितिमा मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितलाई हस्तान्तरण गर्नुभयो । सहयोग गरिएका सामग्रीमा दुई थान पिपिई, एक हजार लिटर क्षमताको एक थान स्यानीटाइजर र ५० थान मास्क छन् ।

    निर्मल माध्यमिक विद्यालय एलएलसी २०४५ व्याचले यस अगाडी दमौलीमा सञ्चालित निःशुल्क भोजनमा खाद्यान्न, मास्क, स्यानीटाइजर र पञ्जा गरी रु १७ हजार ७ सय ५ बराबरको सहयोग गरेको थियो । त्यस्तै व्यास नगरपालिका–१ गल्वुवेशीमा एक मृतकको परिवारलाई रु एक हजार ६ सय, व्यास नगरपालिका–१० बोटेटारस्थित ६ घरपरिवारलाई रु ७ हजार ४ सय बराबरको खाद्यान्न, मिर्गौला पीडित राजु श्रेष्ठलाई रु १० हजार, मुटुरोग पीडितबाट बलबहादुर दरैलाई रु ५ हजार सहयोग गरेको थियो ।