पुरानै प्रतिनिधि राखेर फागुनमै महाधिवशेन गरौ : पाैडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पुरानै प्रतिनिधि राखेर फागुनमै महाधिवशेन गरौ : पाैडेल

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०७७, आईतवार

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ औंकै प्रतिनिधि कायम गरेर १४ औँ महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सार्नुभएकाे छ । सुदूरपश्‍चिम कांग्रेसका नेता कार्यकर्तासँगको भर्चुअल कार्यक्रममा भाग लिँदै वरिष्ठ नेता पौडेलले फागुन ७ मै महाधिवेशन गर्नका लागि विकल्प अघि सार्नुभएकाे हाे ।

    उहाँले फागुनमा महाधिवेशन नभए पार्टीमा सभापति शेरबहादुर देउवाको अराजकता बढ्ने पनि बताउनुभयाे । ‘फागुनमा महाधिवेशन गर्न १३ औँ महाधिवेशनकै प्रतिनिधिहरूलाई कायम राखौँ,’ पौडेलले भन्नुभयाे, ‘यदि फागुनमा महाधिवेशन भएन भने पार्टीमा अराजकता बढ्छ। कसले कसलाई मान्‍ने को सभापति, को के, त्यसैले पार्टीको विधान र विधि बचाउन १३ औँ महाधिवेशनका प्रतिनिधि कायम राखौँ।’ प

    पौडेलले सभापति देउवा महाधिवेशन समयमै नगराउने मनसायमा रहेको भन्दै विभाग गठन, क्रियाशील सदस्यता, नवीकरण गर्दा आफू बलियो हुने भन्‍ने दाउ मात्रै हेरेको बताउनुभयाे । ‘सभापतिज्यू फागुनमा कुनै हालतमा पनि महाधिवेशन गर्ने मनसायमा हुनुहुन्‍न। त्यसैले त अहिले विभाग गठन, क्रियाशील सदस्यता वितरण र नवीकरणमा बखेडा झिकिरहनु भएको छ,’ उहाँले भन्नुभयाे, ‘उहाँ अहिले महाधिवेशन नगर्ने र आफू कसरी शक्तिशाली हुने दाउमा मात्रै हुनुहुन्छ।’