नेकपाको आजको सचिवालय बैठक स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेकपाको आजको सचिवालय बैठक स्थगित

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७७, सोमबार

    काठमाडौँ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक स्थगित भएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज अपराहन्न १ बजे बस्ने बैठक स्थगित भएर बैठक भोलि मंगलबार साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको जानकारी दिएका छन् । 

    यस अघि नेकपाको सचिवालय बैठक आइतबार पहिलो पटक पेरिसडाँडामा बसेको थियो । सो बैठकमा मन्त्रिपरिषद पुनर्गठन गर्ने बारे छलफल भएको थियो । नेकपामा अहिले मन्त्रिपरिषद पुनर्गठनको मापदण्ड बनाउने तयारी भइरहेको छ ।