पार्टीलाई सङ्कटबाट बचाउन विशेष महाधिवेशन गराै : वरिष्ठ नेता पाैडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पार्टीलाई सङ्कटबाट बचाउन विशेष महाधिवेशन गराै : वरिष्ठ नेता पाैडेल

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७७, सोमबार

    काठमाडाै : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले पार्टीलाई सङ्कटबाट बचाउन विशेष महाधिवेशन गर्नुपर्ने बताउनुभएकाे छ । वर्तमान नेतृत्वको नियत हेर्दा अधिवेशननै टारेर पार्टीलाई सङ्कटतिर धकेल्ने काेशिश भइरहेकाले विशेष महाधिवेशन गरेर सङ्कट टार्नुपर्ने पाैडेलले बताउनुभयाे ।

    साेमबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै वरिष्ठ नेता पाैडेलले भन्नुभयाे, “अधिवेशन टार्ने , नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भने पनि पार्टी बचाउन सकिन्छ भनेर भनेका थिए, महाधिवेशन र विशेष महाधिवेशन बारे मेरो भनाइ भनेर बङ्याएर जुन प्रचार गरिएको पाइएको छ ।”

    पाैडेलले एकै महिनामा सम्पन्न हुन सक्ने समायोजन कार्य कतिपय जिल्लामा एक वर्ष बितिसक्दा पनि सम्पन्न नगराइएकाे बताउनुभयाे । नेपाली कांग्रेसको वर्तमान विधान अनुसार पार्टीका सबैतहका पदाधिकारी तथा सदस्यहरुको पदावधि ४ वर्ष तोकिएको र साधारण परिस्थिति परेको खण्डमा केन्द्रिय कार्यसमितिले वढिमा एक वर्षसम्म अवधि वढाउन सक्ने पाैडेलले बताउनुभयाे । उहाँले भन्नुभयाे, “जस अनुसार विधानतः आउदो फागुन उता यो कार्यसमिति कायम रहन सक्ने आधार समाप्त हुँदैछ ।”