शुक्लागण्डकीमा थपिए १७ जना संक्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा थपिए १७ जना संक्रमित

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०७७, सोमबार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका सोमबार १७ जना नयाँ संक्रमित थपिएका छन् । सोमबार प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा शुक्लागण्डकीका ४ वडामा संक्रमित थपिएका हुन् ।

    कोरोनाको इपीसेन्टर बनेको वडा नम्बर ५ मा मात्र १३ जना थपिएका हुन् । ५२, १२, ११ र ५७ बर्षका पुरुष तथा १४, १७, ३६, १९, १६, १२, ९, १९ र १६ बर्षका महिलालाई संक्रमण पुष्टी भएको हो । उनीहरु सबै कन्ट्याक ट्रेसिङमा परेका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताउनुभयो ।

    सामान्य ज्वरो आएपछि उपचारका लागि पोखरा गएका ज्ञानज्योती टोलका ५९ वर्षीय सुनचादी व्यवसायीलाई भदौ २६ गते संक्रमण देखिएको थियो । उनको सम्पर्कमा आएका पिसीआर परिक्षण गर्दा भदौ ३० मा ५ जना थपिएका थिए । त्यसलगत्तै पुन कन्ट्याक ट्रेसिङ गर्दा १३ जना थपिएको श्रीवास्तवले जानकारी दिनुभयो ।

    यस्तै वडा नम्बर ६ का ४२ वर्षीय पुरुष, ८ का ५० वर्षीय पुरुष, ११ मा ३५ वर्षीय पुरुषलाई संक्रमित भएका हुन् । उनीहरु होमक्वारेन्टिनमा बसेका हुन् । वडा नम्बर १० का ३६ वर्षीय पुरुषलाई पनि संक्रमण देखिएको छ । उनी प्रहरी हुन् ।

    गत बिहीबार शुक्लागण्डकीमा कन्ट्याक ट्रेसिङमा परेका, जोखिममा रहेका १ सय ९४ जनाको स्वाब संकलन गरी पिसीआर परीक्षणका लागि पोखरा पठाइएकामा १ सय ७७ जना नेगेटिभ रिपोर्ट आएको श्रीवास्तवले जानकारी दिनुभयो । शुक्लागण्डकीमा संक्रमितको संख्या ६० पुगेको छ भने २५ जना निको भएका छन् ।

    तनहुँका १७ सहित गण्डकी प्रदेशमा ३८ जना संक्रमित थपिएका छन् । कास्कीमा ४ जना, बाग्लुङमा १४ जना, स्याङजामा २ जना र गोरखामा १ जनालाई कोरोना पुष्टी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसंगै गण्डकीमा संक्रमितको संख्या ३ हजार ५ सय ७८ पुगेको छ ।