सोमवार उकालो लाग्यो सुनको भाउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सोमवार उकालो लाग्यो सुनको भाउ

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०७७, सोमबार

    काठमाडौं : सोमवार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू. २०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य सोमवार अघिल्लो कारोबारको दिन अर्थात् आइतवारको तुलनामा रू. २०० ले बढेर रू. ९७ हजार २०० पुगेको छ । 

    आइतवार छापावाला सुन प्रतितोला रू. ९७ हजारमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्यमासमेत प्रतितोला रू. २०० ले वृद्धि भएको छ । आइतवार प्रतितोला रू. ९६ हजार ५०० मा कारोबार भएको तेजाबी सुन सोमवार रू. ९६ हजार ७०० मा कारोबार भएको छ । 

    यस्तै चाँदी प्रतितोला रू. ५ रुपैयाँले बढेर रू. एक हजार ३२० मा कारोबार भएको छ । आइतवार चाँदी प्रतितोला रू. एक हजार ३१५ कारोबार भएको थियो ।