आङरिताको कीर्तिमानी सदास्मरणीय रहने छः प्रधानमन्त्री ओली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आङरिताको कीर्तिमानी सदास्मरणीय रहने छः प्रधानमन्त्री ओली

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७७, सोमबार

    काठमाडाै : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार निधन भएका कीर्तिमानी सगरमाथा आरोही आङरिता शेर्पाप्रति श्रद्धासुमन व्यक्त गर्नुभएकाे छ । प्रधानमन्त्री ओलीले बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका आङरिता शेर्पाको निधनले आफूलाई अत्यन्त दुःखित तुल्याएको बताउनुभयाे ।

    ‘यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना ब्यक्त गर्दछु। उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ,’ प्रधानमन्त्री ओलीले भन्नुभएकाे छ ।