जिल्ला प्रशासनले भन्यो – पॉच दिनसम्म सुरक्षित रहनुहोस्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिल्ला प्रशासनले भन्यो – पॉच दिनसम्म सुरक्षित रहनुहोस्

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०७७, सोमबार

    तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले पॉच दिनसम्म नेपालमा मनसुन सक्रिय रहने भएकाले सतर्क हुन सर्वसाधारणमा आग्रह गरेको छ । सोमबार प्रेस विज्ञप्ती मार्फत् प्रशासनले पॉच दिनसम्म नेपालका धेरै ठाउँहरुमा लगातार वर्षा भई बाढीपहिरो जान सक्न सक्ने सम्भावना भएकाले नदी, खोला छेउछाउमा नजान आग्रह गरेको हो ।

    बाढी पहिरो हुन सक्ने संवेदनशील स्थानमा नबस्न र आवश्यक सावधानी अपनाउन र सचेत रहन सबैमा अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

    उत्तरपूर्व बङ्गालको खाडीमा विकसित भएको जलवायुको प्रभावले पॉच दिनसम्म नेपालमा मनसुन सक्रिय हुने पूर्वानुमान गरिएको छ ।