बंगलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बंगलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०७७, सोमबार

    काठमाडौ : बंगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्नेभएको छ। सोमबार कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले सहयोग गर्ने बताउनुभएको हो ।

    बंगलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउनलाग्दा सबै तर्फबाट सहयोग गर्न भारत तयार रहेको उहॉले बताउनुभयो । उहॉले रासायनिक मलको नियमित तथा दीर्घकालीन आपूर्तिका लागि भारत सधैँ तयार रहेको बताउनुभयो ।

    छलफलमा द्धिपक्षीय सम्बन्ध, खाद्य गुणस्तर मापन, क्वारेन्टिनको प्रभावकारिता लगायतका विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा।. हरिबहादुर केसीले जानकारी दिनुभयो ।

    गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि मन्त्रालयलाई सापटीमा मल ल्याउने अनुमति दिएपछि मन्त्रालयले कृषि सामग्री कम्पनीलाई जिम्मा दिएको छ । मन्त्रालयले अनुमति दिएसगैँ कृषि सामग्री कम्पनीले सात दिनको समय राखेर बोलपत्र (टेन्डर) आह्वान गरिसकेको छ। गत शनिबार बोलपत्र आह्वान भएको प्रवक्ता केसीले जानकारी दिनुभयो ।

    फाइल तस्वीर