तनहुँ : तनहुँमा मङ्गलबार ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमध्य एकजना गर्भवती रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार शुक्लागण्डकी नगरपालिका-६ का ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । ती महिला गर्भवती रहेको र सोही प्रतिष्ठानमा उपचाररत हुनुहुन्छ ।
त्यस्तै शुक्लागण्डकी नगरपालिका-७ का ३९ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।
यसैगरी ऋषिङ गाउँपालिकामा चार जनामा कोरोना पुष्टि भएको छ । ऋषिङ गाउँपालिका-५ र ६ का चार पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ऋषिङ गाउँपालिका-५ का ३६, १९, ६० र ऋषिङ गाउँपालिका-६ का ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति रहेको बताइएको छ ।