के निर्णय गर्यो त नेकपा बैठकले ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    के निर्णय गर्यो त नेकपा बैठकले ?

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७७, मंगलवार

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको ६८औं बैठक सम्पन्‍न भएको छ । मंगलबार संवैधानिक निकायहरूको पूर्णताका लागि नेताहरूले आ-आफ्ना महत्त्वपूर्ण सुझाव दिएको नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

    पार्टी एकता र एकीकरणका बाँकी कामहरूको बारेमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलले १० दिनभित्र ठोस प्रस्ताव तयार गर्न जिम्मा दिने निर्णय भएको छ ।

    दुई दिनअघि बैठकमा मन्त्रिपरिषदको पुनर्गठन गर्ने सम्बन्धमा बैठकमा आ-आफ्ना सुझावहरू दिइएको थियो । बैठकमा दुवै अध्यक्ष ओली र दाहाल पूरै समय बसेको पनि प्रचार विभागका उपप्रमुख थापाले जानकारी दिनुभयो ।