थप १३५६ जनामा कोरोना संक्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    थप १३५६ जनामा कोरोना संक्रमण

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७७, मंगलवार

    काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टायता देशभरका विभिन्न प्रयोगशालामा थप १३५६ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या ६६६३२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङ अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ८२३ छ।

    हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४८०६१ पुगेको छ।
    मुलुकभर हाल सक्रिय संक्रमितको संख्या १८१४२ छ। त्यसमध्ये ९१९३ जना संस्थागत आइसोलेसनमा र ८९४९ होम आइसोलेसनमा छन्।
    पछिल्लो २४ घण्टामा गरिएको पीसीआर नमूना परीक्षणको संखया १११५४ रहेको मन्त्रालयले जनाएको छ।

    त्यसैगरी क्वारेन्टिनमा ७१७१ रहेको छ। साथै आईसीयूमा २२३ जना र भेन्टिलेटरमा ३७ जनाको उपचार भइरहेको छ। पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।