प्रदेश सरकार मातहतका दुई कार्यालयको प्रगति सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कृषि

    प्रदेश सरकार मातहतका दुई कार्यालयको प्रगति सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७७, मंगलवार

    तनहुँ : गण्डकी प्रदेश सरकार मातहतका तनहुँ जिल्लाका दुई कार्यालयले गत आर्थिक वर्ष ०७६/७७ मा सम्पन्न भएका प्रगति विवरण सार्वजनिक गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र तनहुँले मङ्गलबार गत आर्थिक वर्षमा भएका प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले उक्त अवधिमा प्रदेश सरकार अन्तर्गतका कार्यक्रममा पुँजीगततर्फ ९९.७५ र चालुतर्फ ८७.६० प्रतिशत वित्तीय प्रगति हासिल गरेको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । सङ्घीय सरकार अन्तर्गतका कार्यक्रममा चालु तर्फ ९४.७५ प्रतिशत वित्तीय प्रगति हासिल भएको श्रेष्ठले बताउनुभयो ।

    Image may contain: 1 person
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकाे प्रगति सार्वजनिक गर्दै डा‍. श्रेष्ठ

    उहाँका अनुसार साना मोडल फार्म स्थापनाका लागि रु दुई करोड ३१ लाख, मत्स्यपोखरी निर्माणका लागि रु ८ लाख १० हजार, माछाका भुरा खरिदका तथा ढुवानीका लागि रु एक लाख, पाडापाडी बाच्छाबाच्छी हुर्काउनका लागि रु ६ लाख ५० हजार, उन्नत रागो साढे खरिद तथा ढुवानीका लागि रु चार लाख ८० हजार, प्रजनन् बोका खरिद तथा ढुवानीका लागि रु तीन लाख, फ्रेस हाउस सुधारका लागि रु ६ लाख, डेरीपसल सुधारका लागि रु ६ लाख, दुग्ध सङ्कलन केन्द्र स्थापनाका लागि रु दुई लाख ५० हजार, दाना बनाउने ग्राण्डर मेसिनका लागि रु एक लाख ५० हजार, फार्म यान्त्रिकरण सहयोगका लागि रु ६ लाख र पशु आहारा विकास यान्त्रिकरण सहयोगका लागि रु पाँच लाख अनुदान दिइएको छ ।

    त्यसैगरी नयाँ पकेट क्षेत्र कार्यक्रमका लागि रु १४ लाख ८५ हजार, पुराना पकेट क्षेत्र फलोअप कार्यक्रमका लागि रु १५ लाख ८५ हजार र छाडा पशुवस्तु व्यवस्थापनका लागि रु पाँच लाख सहयोग गरिएको छ । सङ्घीय सरकारको कार्यक्रम मार्फत् नयाँ मत्स्य केन्द्र सञ्चालन, पुराना मस्त्य ब्लक सञ्चालन, पुराना मत्स्य पकेटका लागि रु ४२ लाख ९ हजार अनुदान प्रदान गरिएको छ ।

    कार्यालयले उक्त अवधिमा तनहुँ र नवलपुरमा कृत्रिम गर्भाधान, पशुहरुलाई भ्याक्सिन, उपचार लगायतका सेवा पनि प्रदान गरेको छ । कार्यालयले उक्त अवधिमा एक सय ५ वटा मोडल फार्म स्थापना गर्नका लागि बजेट प्रदान गरेको छ । डा. श्रेष्ठका अनसार यान्त्रिकरण सहयोग, पशु आहार विकास सहयोग, पशुपंक्षी तथा मत्स्य पकेट क्षेत्र विस्तर, पशुपंक्षी बजार प्रबद्र्धन लगायतका कार्यक्रम पनि गत आर्थिक वर्षमा सम्पन्न भएका छन् ।

    कृषि ज्ञान केन्द्रले प्रदेश सरकार अन्तर्गत ८७.४१, सङ्घ सरकार अन्तर्गत ६६.७६ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ६८.२७ प्रतिशत प्रगति हासिल गरेको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । कार्यालयले उक्त अवधिमा २ सय ३९ जना कृषकलाई अनुदान वितरण गरेको छ । कार्यालयले कृषकलाई अनुदान बापत रु सात करोड ६० लाख ५५ हजार ८ सय ५० अनुदान रकम वितरण गरेको छ । अनुदानग्राहीहरुले पनि रु चार करोड ४९ लाख १२ हजार ३ सय ४० लागत सहभागिता व्यहोरेको तिवारीले बताउनुभयो ।

    Image may contain: 1 person
    कृषि ज्ञान केन्द्रकाे प्रगति सार्वजनिक गर्दै तिवारी

    कार्यालय मार्फत् तनहुँ र नवलपुरमा रु १२ करोड ९ लाख ६८ हजार एक सय ९० बराबरको लगानी भएको छ । त्यस्तै कार्यालय मार्फत् एक हजार दुई सय ३५ हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती विस्तार भएको तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार ४ सय ६४ थान कृषि यन्त्र उपकरण अनुदानमा वितरण, एक सय ३४ वटा प्लाष्टिक घर निर्माण, एक सय ३४ साना सिंचाई आयोजना मार्फत् ६ सय २९.५३ हेक्टर जमिनमा सुविधा विस्तार गरिएको छ ।