सन्तोष रानाको उपचारका लागि अमेरिकामा उठ्यो ५४८१ डलर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सन्तोष रानाको उपचारका लागि अमेरिकामा उठ्यो ५४८१ डलर

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७७, मंगलवार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१४ निवासी दुवै मिर्गौला पीडित सन्तोष राना मगरको उपचारका लागि अमेरिकामा ५ हजार ४ सय ८१ डलर सङ्कलन भएको छ । टेक्सासमा भीम थापाको पहलमा २ हजार ८ सय र न्युयोर्कमा आशिष थापा मगर र कुलदिप राना मगरको पहलमा २ हजार ६ सय ८१ डलर सङ्कलन भएको हो ।

    Image may contain: 32 people, child and outdoor

    मिर्गौला पीडित रानाको उपचारका लागि रकम सङ्कलन गर्ने उद्देश्यले मगर समाज अमेरिका (टेक्सास च्याप्टर)ले केही समय अगाडी जुम प्रविधिबाट साङ्गितिक कार्यक्रम आयोजना गरेको थियो । टेक्सासमा रहनुभएका भीम थापाका अनुसार नेपस्टार डिएफडब्लु भलिबल क्लवका सम्पूर्ण साथीहरुको सहभागितामा मिनी टुर्नामेन्ट पनि आयोजना गरिएको थियो । “उक्त दुवै कार्यक्रम मार्फत् मिर्गौला पीडित रानाको उपचारका लागि उल्लेखनीय योगदान गर्नुभएकामा सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु,” थापाले भन्नुभएको छ ।

    Image may contain: 16 people, people standing and outdoor

    थापाले सहयोग सङ्कलन बन्द गरिएको र सङ्कलन भएको रकम छिट्टै परिवारलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

    No photo description available.