दिनदिनै थपिदै कोरोना सङ्क्रमित, बुधबार चार जनामा पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दिनदिनै थपिदै कोरोना सङ्क्रमित, बुधबार चार जनामा पुष्टि

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७७, बुधबार

    तनहुँ : तनहुँमा बुधबार चार कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षण अनुसार व्यास नगरपालिकाका एक र भीमाद नगरपालिकामा तीन जना सङ्क्रमित थपिएका हुन् ।

    स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार व्यास नगरपालिका-२ का ५३ वर्षीय पुरुष, भीमाद नगरपालिका-३ का ३६, २६ र भीमाद नगरपालिका-१ का २६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ११ पुगेको छ भने निको हुनेको सङ्ख्या २ सय ७३ छ ।

    केही दिनयता तनहुँमा दैनिकजसो सङ्क्रमित थपिएका छन् । मङ्गलबार शुक्लागण्डकी र ऋषिङमा ६ जना सङ्क्रमित थपिएका थिए भने सोमबार शुक्लागण्डकीमा मात्रै १७ जना सङ्क्रमित थपिएका थिए ।