पोख्रेली पानीको ब्राण्ड ‘पिउरो’ अब काठमाडौको बजारमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    पोख्रेली पानीको ब्राण्ड ‘पिउरो’ अब काठमाडौको बजारमा

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७७, बुधबार

    काठमाडाै : गुणस्तर र प्याकेजिङमा पोख्रेली ग्राहकको मन जित्न सफल पानीको ब्राण्ड पिउरो काठमाडौ उपत्यकामा पनि बिक्री सुरु भएको छ। ज्ञान फुड एण्ड बेभरेज प्रालिको उत्पादन पिउरोको एक लिटरको आकर्षक बोतलमा उपलब्ध छ।

    उपत्यकाको लोकप्रिय अनलाइन सपिङ स्टोर ग्यापु डटकममा ‘प्रोडक्ट लन्चिङ’ गरिएको पिउरो पहिलो एक महिना ग्यापु मार्फत होम डेलिभरी गरिने र एक महिना पछि पसलहरुमा उपलब्ध हुने बताइएको छ। पिउने पानीको उत्पादनमा नेपालमै पछिल्लो प्रविधि भित्र्याएर प्लान्ट स्थापना गरेको कम्पनीका प्रबन्ध निर्देशक अशाेक खड्काले बताउनुभयाे । खाद्य तथा गुणस्तर नियन्त्रण विभागले तोकेको मापदण्ड पुर्ण रुपमा पालना गरि उत्पादन गरेको खड्का बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, “खाद्यको टिम अनुगमनमा आउँदा एक महिनाको अन्तरमा गुणस्तर परिक्षण गरेको ल्याब रिपोर्ट फ्याक्ट्रीमा राख्न भने पनि हामीले हरेक हप्ता परीक्षण गर्दै आएका छौं र ग्राहकलाई समेत ल्याब रिपोर्ट उपलब्ध गराउँछौं।”पिउरोले इच्छुक हरेक ग्राहकलाई फ्याक्ट्री भिजिट गराउँदै आएको खड्का बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी ग्राहकको स्वास्थ्यप्रति सचेत छौं। त्यसैले लुकाउनु पर्ने केही छैन। साथै अहिले कोभिड १९ विषम परिस्थितिमा थप स्वास्थ सुरक्षाका सावधानी अपनाएर काम गरेका छौं।”पिउरोले पोखरा र आसपासका सहरमा एक लिटर बोतल सँगै बीस लिटरको जार पनि बिक्रि गर्दै आएको छ।