नदीमा हाम फालेर बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    नदीमा हाम फालेर बेपत्ता

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७७, बुधबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–२ बस्ने ५८ वर्षीय टोपबहादुर बराली मादीसेती नदीमा हाम फालेर बुधबार बेपत्ता भएका छन् । व्यास नगरपालिका–१ स्थित छालाफ्याक्ट्री नजिकबाट नदीमा हाम फालेका बरालीको खोजी कार्य शुरु गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले नदीमा हाम फालेको जानकारी पाउनासाथ खोजीकार्य गरिएपनि हालसम्म फेला पर्न नसकेको जानकारी दिनुभयो । हाम फालेको स्थानमा निजको छाता, चस्मा, टोपी र रुमाल भेटिएको छ । निजकी छोरी सरिता बरालीले उक्त सामग्री बुबाको भएको दावी गरेको प्रहरीले जनाएको छ ।