देशभर थप ११७२ जनामा कोरोना संक्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देशभर थप ११७२ जनामा कोरोना संक्रमण

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७७, बुधबार

    काठमाडाै : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १७२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ८९३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।

    बुधबारसम्म ७ हजार १०४ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १७ हजार ४१४ जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ९ हजार ४९७ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ९ लाख ४४ हजार ४७४ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ । थप ७ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४३६ पुगेको मन्त्रालयले जनाएको छ ।