दशैंमा घर आउँदा १४ दिन क्वारेन्टिन अनिवार्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दशैंमा घर आउँदा १४ दिन क्वारेन्टिन अनिवार्य

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०७७, सोमबार

    तनहुँ : दशैमा घर आउने व्यक्तिहरु १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले कोभिड-१९ को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।

    चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्केने हुँदा कोभिड-१९ को जोखिम बढ्ने भएकाले त्यस्ता व्यक्तिहरुको वडास्तरसम्मै तथ्याङ्क राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको छ । त्यसका लागि स्थानीय स्तरमा गठन भएका अनुगमन समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।

    बैठकले प्रत्येक स्थानीय तहमा एम्बुलेन्सको आवश्यकता महशुस गर्दै त्यसको व्यवस्थापन गर्न स्थानीय तहलाई अनुरोध गरेको छ । व्यास-५ कालीभञ्जन गण (ई) मा राखिएको जनज्योति ग्राम सेवाको एम्बुलेन्स सम्बन्धित संस्थालाई फिर्ता गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।

    उहॉका अनुसार आइसोलेशनमा रहेका सङ्क्रमितहरुको नेपाल सरकारको नीति वा अन्य कुनै कारणले भाइरस नेगेटिभ नआउँदै बहिर्गमन गर्दा घरपरिवारका सदस्यको रोहवरमा स्थानीय जनप्रतिनिधिको जिम्मा लगाएर मात्र बहिर्गमन गराउने निर्णय भएको छ ।