भेटेरीनरी अस्पतालको सेवा बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    भेटेरीनरी अस्पतालको सेवा बन्द

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०७७, सोमबार

    तनहुँ : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले साेमबारदेखि सेवा बन्द गरेको छ । कार्यालय प्रमुखलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालयले सेवा बन्द गरेको हो । केही दिनदेखि ज्वरो आएपछि शनिबार स्वाब परीक्षण गर्दा कार्यालय प्रमुखलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि सेवा बन्द गरिएको कार्यालयका प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयका कर्मचारीको स्वाब परीक्षण गरिने र रिपोर्ट आएपछि मात्रै कार्यालय सुचारु हुनेछ ।