काठमाडौं : सानिमा बैंकले १३.६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये १० प्रतिशत बोनस शेयर दिने बताइएको छ भने ३.६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
१० प्रतिशतले बोनस वितरण गरेपछि कम्पनीको चुक्तापूँजी ८८ करोड रुपैयाँले वृद्धि हुनेछ । यसअधि पनि सानिमा बैंकले १० प्रतिशत बोनससहित २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । सानिमा बैंकले लाभांस धोषणा गरेपछि बुधबार सानिमा बैंकको शेयरमा लगानीकर्ताहरु आकर्षित भएका छन् । कारोबार रकम, शेयर संख्या र कारोबार संख्याका आधारमा अग्र स्थानमा रहेको छ भने शेयर मूल्य पनि बढ्ने क्रममानै रहेको छ ।