व्यास र ऋषिङमा थपिए ६ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    व्यास र ऋषिङमा थपिए ६ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २९ आश्विन २०७७, शुक्रबार

    तनहुँ : तनहुँमा शुक्रबार बिहानै ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । व्यास नगरपालिकामा ५ र ऋषिङ गाउँपालिकामा एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार व्यास नगरपालिका-३ का ५०, ३५, ३२, २३, २६ र ऋषिङ गाउँपालिका- १ का ४५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

    यस्तै लमजुङमा २, बागलुङमा ७, नवलपुरमा १५, गोरखामा ४ र कास्कीमा १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ५४०९ पुगेको छ ।