शुक्लागण्डकीमा थपिए ११ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा थपिए ११ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १९ कार्तिक २०७७, बिहीबार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकामा बिहीबार ११ कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा वडा नखुलेका ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार ५५, ३५, ५४ वर्षीया महिला, ५१,४२,२४,३५,२८,२५,२१ र ३३ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

    समुदायमा कोरोना जोखिम बढेपछि नगरपालिकाले बुधबार राति १२ बजेदेखि नै एक साताका लागि बजार क्षेत्रमा लकडाउन घोषण् गरेको छ ।