काठे पोल विस्थापित गरिँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    काठे पोल विस्थापित गरिँदै

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०७७, आईतवार

    तनहुँ : तनहुँको भीमाद नगरपालिका–९ मा काठे पोल विस्थापन गर्न शुरु गरिएको छ । काठे पोलले जोखिम बढाएपछि वडाका विभिन्न ठाउँमा काठे पोल विस्थापन गरी फलामे पोल राख्न शुरु गरिएको हो ।

    उक्त वडाको पाथर्दी, जौपानी, सखेप, कटनछाप लगायतका ठाउँमा काठेपोल हटाएर फलामको पोल राख्न शुरु गरिएको वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिनुभयो । “वडाभित्र करिब डेड दुई सय काठको पोल बाँकी छन्, सबै विस्थापित गर्छौ,” थापाले भन्नुभयो, “त्यसका लागि स्थानीयवासीसँग सहकार्य गरेका छौ ।”

    काठे पोल विस्थापनका लागि स्थानीयवासीले ढुवानी र गाड्ने काममा श्रमदान गरेका छन् भने पोल नगरपालिकाले उपलब्ध गराएको छ । गण्डकी प्रदेश सरकारको काठे पोल विस्थापन कार्यक्रम मार्फत् नगरपालिकाका विभिन्न वडामा फलामको पोल उपलब्ध गराइएको छ । “काठे पोलले जोखिम बढाइरहेको थियो, हरियो रुख र बारीका कान्लाहरुमा लामो समयदेखि तारहरु असुरक्षित थियो, सबैलाई व्यवस्थापन गर्ने काम भइरहेको छ,” वडाध्यक्ष थापाले भन्नुभयो ।

    पाथर्दीका युवा शिवकुमार आलेले स्थानीयवासीले पोल ढुवानीका लागि श्रमदान गरिरहेको जानकारी दिनुभयो ।