काठमाडौं : मंगलबार सुनको भाउ एकैदिन प्रतितोला ३४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएको थियो ।