महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी, किशोर प्रधान पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी, किशोर प्रधान पराजित

    खबरपुञ्ज संवाददाता

    १३ मंसिर २०७७, आईतवार

    काठमाडौ: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी हुनुभएको छ ।आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी हुनुभएको हो । ढकालले ६३३ मत पाउनुभयो भने निकतम प्रतिद्वन्द्वी प्रधानले ४६६ मत पाउनुभयो ।

    निजी क्षेत्रको छाता सङ्गठन मानिने महासंको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो भने साँझदेखि मतगणना सुरु भएको थियो । 

     महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा भने मतदान भएन । जसअनुसार शेखर गोल्छा स्वतः अध्यक्ष चयन हुनुभएको छ ।