फेरि ह्वात्तै घट्यो सुनको मूल्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    फेरि ह्वात्तै घट्यो सुनको मूल्य

    खबरपुञ्ज संवाददाता

    १५ मंसिर २०७७, सोमबार

    काठमाडौं : सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  आइतबार तोलामा ६ सय रुपैयाले घटेको सुनको मूल्य आज पनि तोलामा ७ सय रुपैयाले घटेको हो । 

    आइतबार प्रतितोला ९० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९० हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १ हजार १ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।