सुनको मूल्यमा सामान्य गिरावट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको मूल्यमा सामान्य गिरावट

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०७७, सोमबार

    काठमाडाै : नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । लगातार तीन दिनस्थिर रहेको सुनको मूल्य सोमबार प्रतितोला रू. १०० ले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला रू. ९२ हजार ४०० मा कारोबार भएको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ५०० मा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो ।

    त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ९५० मा कारोबार भएको छ । आइतबार तेजाबी सुन प्रतितोला रू. ९२ हजार ०५० मा कारोबार भएको थियो । 

    यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला रू. १ हजार २०० मा कारोबार भएको थियो । सोमबार पनि चाँदी रू. १ हजार २०० मा नै कारोबार भइरहेको छ ।