ट्याक्टर व्यवसायीद्वारा आन्दोलनको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    ट्याक्टर व्यवसायीद्वारा आन्दोलनको घोषणा

    विवि श्रेष्ठ

    २८ पुष २०७७, बुधबार


    तनहुँ : प्राकृतिको श्रोत साधनमाथि व्यास नगरपालिकाले टेण्डरमा आव्हान गरेभन्दा बढि शुल्क लिएको आरोप लगाउँदै व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका छन् । तनहुँ ट्याक्टर व्यवसायी समितिले तनहुँले व्यास नगरपालिकाले प्राकृतिक श्रोत साधनको करमा अत्याधिक राजश्व लिएर व्यवसाय धरापमा पारेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।

    नगरपालिकाले दुईपटक टेण्डर प्रक्रिया गर्दा प्रति घनफुट रु ७ कायम गरेको तर ठेक्का नलागेपछि नगरपालिका आफैले सञ्चालन गरेको घाटमा व्यवसायीसँग प्रति घन फुट रु १२ उठाएको व्यवसायीको आरोप छ । सो विषयमा छलफल गर्दा कुनै निष्कर्ष ननिस्किएपछि व्यवसायीले यहि माघ २ गतेदेखि आन्दोलन शुरु गर्ने घोषणा गरेको समितिका सचिव ज्ञानेन्द्र बसौलाले बताउनुभयो ।
    सरकोकारवाला समस्या समाधान गर्नका लागि तत्पर नदेखिएकाले बाध्य भएर आन्दोलनमा जानुपरेको समितिका उपाध्यक्ष शिव खत्रीले बताउनुभयो ।

    व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले विशेष नगरसभाले पास गरेको विषयमा तत्काल निर्णय गर्न नसकिने बताउनुभयो । “विशेष नगरसभाबाट भएको निर्णय व्यक्तिले उल्टाउन सक्दैन, केही समय पछि हुने नगरसभामा प्रस्ताव लैजाने भन्दाभन्दै व्यवसायीले तत्काल माग पूरा गर्न दवाव दिनुभयो, जुन स्वीकार्य हुन सक्दैन” श्रेष्ठले भन्नुभयो ।