खुल्ला मैदानमा याेगकाे राैनक (फाेटाे/भिडियाे)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खुल्ला मैदानमा याेगकाे राैनक (फाेटाे/भिडियाे)

    खबरपुञ्ज संवाददाता

    २९ पुष २०७७, बिहीबार

    तनहुँ : छैटौ राष्ट्रिय योग दिवसको अवसरमा तनहुँको दमौलीस्थित खुल्लामैदानमा बिहीबार योग शिविर शुरु गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको आयोजना तथा विभिन्न सङ्घसंस्थाको समन्वयमा ‘गरौ योग डटेर, जान्छ कोरोना हटेर’ भन्ने मूल नाराका साथ सप्ताहव्यापी शिविर शुरु गरिएको हो ।

    निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले स्वस्थ रहनका लागि हरेक व्यक्तिले योगलाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । कोरोनाको कारण पनि अहिले योगको महत्व बढेको भन्दै बरालले योगलाई नियमित सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

    जीवन विज्ञान प्रयोगशालाका सुरेश पुरीले खानपानमा विशेष ध्यान दिँदै नियमित गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. रामप्रबोध मण्डलले योग मानिसको लागि आवश्यकता भइसकेकाले जीवनलाई सुखी बनाउने हो भने योग गर्नुपर्ने बताउनुभयो । “योग गरे धेरै रोगबाट बच्न सकिन्छ, योग मात्रै एउटा उपाय हो जसले रोग लाग्नबाट बच्न सकिन्छ,” उहाँले भन्नुभयो, “कोरोनाले पनि योगको महत्व बढाएको छ ।”

    शिविरमा योग प्रशिक्षक परमानन्द भण्डारीले प्रशिक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले योगका विभिन्न अभ्यासका बारेमा जानकारी गराउनुभयो ।

    जिल्लामा प्ताहव्यापी रुपमा योग दिवस मनाइने भएको छ । माघ २ र ३ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र पतञ्जली, ४ र ५ गते योग विज्ञान, ६ गते ओम शान्ति र ७ गते जिल्ला आयर्वुेद स्वास्थ्य केन्द्रले दिवसको कार्यक्रम संयोजन गर्नेछन् ।