जसपुरमा खानेपानी, मोटरमार्ग र सामुदायिक भवन उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जसपुरमा खानेपानी, मोटरमार्ग र सामुदायिक भवन उद्घाटन

    खबरपुञ्ज संवाददाता

    २९ पुष २०७७, बिहीबार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरमा एकैदिन तीन योजना उद्घाटन गरिएको छ । जसपुरमा निर्माण सम्पन्न भएको खानेपानी योजना, मोटरमार्ग र सामुदायिक भवनको बिहीबार उद्घाटन गरिएको हो । तीन वटै योजनाको गण्डकी प्रदेश सांसद आशा कोइरालाले उद्घाटन गर्नुभयो ।

    Image may contain: 7 people, including Prataplal Shrestha, people standing, outdoor and nature
    Image may contain: 7 people, people sitting

    जसपुर गाउँमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँ र शुक्लागण्डकी नगरपालिकाको लगानीमा खानेपानी योजना निर्माण सम्पन्न भएको छ । रु ४० लाखको निर्माण सम्पन्न भएको आयोजनाबाट ६० घरमा धारा जडान गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । योजना निर्माणका लागि खानेपानी कार्यालयबाट रु ३० लाख र नगरपालिकाको रु दश लाख खर्च भएको छ । “मूलको पानी पिउने यहाँका स्थानीयवासी घर घरमा धारा जडानपछि खुशी भएका छन्,” गुरुङले भन्नुभयो, “खानेपानीको दुःख हटेको छ ।”

    यस्तै रु २० लाखको लागतमा नयाँ ट्रयाक खोलिएको प्युरीदोभान जसपुर मोटरमार्गको पनि उद्घाटन भएको छ । प्युरीदोभान र जसपुर गाउँलाई जोड्न पाँच किलोमिटर ट्रयाक खोलिएको छ । रु दश लाखको लागतमा निर्माण सम्पन्न भएको पिपलथोक सामुदायिक भवनको पनि सोही अवसरमा उद्घाटन गरियो ।