तीन लाख बढि भक्तजनले देवघाटमा स्नान गरेको अनुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तीन लाख बढि भक्तजनले देवघाटमा स्नान गरेको अनुमान

    खबरपुञ्ज संवाददाता

    १ माघ २०७७, शुक्रबार

    तनहुँ : माघे सङ्क्रान्ति पर्वको अवसरमा तीन लाख भन्दा बढि भक्तजनले पवित्र धार्मिक तीर्थस्थल देवघाट स्थित त्रिशुली र कालीगण्डकीको सङ्गम वेणीमा स्थान गरेका छन् । स्थान गर्नका लागि भक्तजन बुधबारदेखि नै देवघाटधाम पुगेका थिए ।

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी दिर्नेशक धिरेनबाबु घिमिरेले यस वर्ष तीन लाख भन्दा बढी भक्तजनले सङ्गममा स्नान गरेको जानकारी दिनुभयो । कोभिडको जोखिमको कारण यस वर्ष क्षेत्र विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरेको थिएन । तर पनि स्वतःस्फुतरुपमा भक्तजनहरु देवघाटमा स्नान गर्न आएको कार्यकारी निर्देशक घिमिरेले बताउनुभयो ।

    देवघाट क्षेत्र विकास समितिले औपचारिक रुपमा मेलाको आयोजना नगरेपनिव्यवस्थित रुपमा स्नान गर्ने व्यवस्था भने मिलाइएको थियो । उहाँका अनुसार विभिन्न उपसमितिहरु गठन गरि मेलालाई व्यवस्थित भने बनाईएको थियो ।

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित त्रिशुली नदी र कालीगण्डकीनदीको संगम वेणीमा बुधबार बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । नदीमा स्नान गर्न र मेला भर्न आउनेहरुलाई वारपार गर्न त्रिशुली नदीमा २५ वटा ठूला डुङ्गाको व्यवस्था मिलाइएको थियो ।

    नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल रेडक्रसका उद्धारकर्ता एवं स्थानीय बोटे समुदायलाई परिचालन गरिएको थियो । सशस्त्र प्रहरी र बोटेहरुले डुङ्गा मार्फत नदीमा यात्रा गरेर स्नान गर्ने भक्तजनहरुको सुरक्षा गर्ने र दुर्घटना भएमा आपतकालिन उद्धारको तयारी गरेका थिए ।