भूकम्पको सजगता सधैं अपनाउनुपर्नेमा जोड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भूकम्पको सजगता सधैं अपनाउनुपर्नेमा जोड

    खबरपुञ्ज संवाददाता

    १ माघ २०७७, शुक्रबार

    तनहुँ : २३ औं भूकम्प सुरक्षा दिवसको अवसरमा भूकम्प सुरक्षा दिवस जिल्ला समारोह समिति तनहुँले शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागीहरुले भूकम्पको सजगता सधैं अपनाउनुपर्नेमा जोड दिएका छन् ।

    प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भूकम्प कहिले आउँछ भन्ने थाहा नहुने भएकाले यसबाट बच्न पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो । भूकम्पले मानिस नमर्ने र संरचनाका कारण मानिसको मृत्यु हुने भएकाले भूकम्पबाट बच्न भूकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्नुपर्ने आचार्यले बताउनुभयो । अझै पनि संरचना निर्माण गर्दा मापदण्ड विपरित बन्ने गरेकाले त्यसतर्फ सबै सचेत बन्नुपर्नेमा आचार्यले जोड दिनुभयो ।

    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, जिल्ला आयोजना कार्यान्वयनका प्रमुख जयप्रकाश गुप्ता लगायतले भूकम्पीय पूर्वतयारी गर्न सकिए मात्र कम भूकम्पबाट बच्न सकिनेमा जोड दिनुभयो ।