तनहुँबाट थप ६ सडक मानवको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँबाट थप ६ सडक मानवको उद्धार

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०७७, शनिबार

    तनहुँ : सडकमा कष्टकर जीवन बिताइरहेका थप ६ जनाको तनहुँबाट उद्धार गरिएको छ । जिल्लाको व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र घिरिङ गाउँपालिकाका ६ जनाको उद्धार गरिएको हो । व्यासका एक, म्याग्देका चार र घिरिङका एक जनाको शुक्रबार उद्धार गरिएको छ ।

    सहाराविहिन अवस्थामा सडकमा जीवन बिताइरहेकाहरुलाई मानव सेवा आश्रम कास्की शाखाले उद्धार गरेको हो । डिसु नेपालको सहयोगमा आश्रमले उनीहरुलाई उद्धार गरेको डिसु नेपालकी अध्यक्ष नोमा थापाले जानकारी दिनुभयो । यतिबेला सडक मानवमुक्त बनाउन मानव सेवा आश्रमले मेची महाकाली उद्धार अभियान चलाएको अभियन्ता राजन सापकोटाले जानकारी दिनुभयो ।

    यो अभियान पुस ७ गते सुरु भएको थियो भने माघ ७ मा सकिनेछ । सापकोटाका अनुसार गण्डकीमा पनि साहाराविहिन सडक मानवको उद्धार अभियान जारी छ । “खाना, नाना र छानाको अभावमा तड्पिरहेकालाई उद्धार गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

    यसअघि मानव सेवा आश्रमले तनहुँबाटै नौ जनाको उद्धार गरिसकेको छ । यसअगाडी व्यास नगरपालिकामा पाँच र शुक्लागण्डकी नगरपालिकाबाट चार जनाको उद्धार गरिएको थियो ।