तनहुँ : नेपाली कांग्रेसले आज तनहुँका दश वटै पालिकामा विरोध प्रदर्शन सहित सभा गर्ने भएको छ । संसद विघटन गर्ने सरकारको विरोधमा कांग्रेसले सबै पालिकामा विरोध कार्यक्रम गर्न लागेको हो ।
विरोध कार्यक्रमलाई केन्द्रीय तथा जिल्लास्तरीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । व्यास नगर समितिले दमौलीमा गर्ने विरोधसभालाई केन्द्रीय सदस्य गोविन्द भट्टराईले सम्बोधन गर्ने नगर सचिव मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गत पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ वटा पालिका र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवम् सभाको आयोजना गर्ने निर्णय गरेको थियो ।
कांग्रेसले पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा र पुस १३ गते निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ ।