योगेशमाथि ओलीको कटाक्ष : बैगुनी केटो पुक्क लात्ता हानेर भाग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    योगेशमाथि ओलीको कटाक्ष : बैगुनी केटो पुक्क लात्ता हानेर भाग्यो

    खबरपुञ्ज संवाददाता

    २ माघ २०७७, शनिबार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रचण्ड नेपाल समूहमा लागेपछि योगेश भट्टराईलाई बैगुनी केटाकेटी’को संज्ञा दिनुभएकाे छ । शनिबार नेकपा ओली समूहको प्रदेश १ कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा ओलीले पूर्व पर्यटनमन्त्री समेत रहेका भट्टराई बैगुनी भएको बताउनुभयाे ।

    उहाँले भन्नुभयाे, ‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही (योगेश भट्टराई) केटो पो रहेछ ।’

    योगेशले आफूलाई छाडेर हिँडे पनि युवाहरुको कमी नभएको उहाँले बताउनुभयाे । ‘हामी त्यस्तो कुरामा अल्झिदैँनौँ, उनले भने, एउटा केटोले छाडेर केही हुँदैन। युवाहरुको हामीलाई कुनै कमी छैन,’ उहाँले भन्नुभयाे । नयाँ युवालाई समेटेर अघि बढ्ने र प्रदेश १ ले चुनावमा पनि एक नम्बर नै बन्नुपर्ने ओलीको भनाइ थियो ।