भारतले कोभिडविरुद्धको खोपमा नेपाललाई प्राथमिकतामा राखेको छः परराष्ट्रमन्त्री ज्ञवाली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भारतले कोभिडविरुद्धको खोपमा नेपाललाई प्राथमिकतामा राखेको छः परराष्ट्रमन्त्री ज्ञवाली

    खबरपुञ्ज संवाददाता

    २ माघ २०७७, शनिबार

    काठमाडाै : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले कोभिडविरुद्धको खोपमा नेपाललाई पनि प्राथमिकतामा राखेको जानकारी दिनुभएकाे छ । तीनदिने भारत भ्मण सेकर शनिबार अपरान्ह नेपाल आइपुग्नुभएका मन्त्री ज्ञवालीले अतिआवश्यक क्षेत्रका लागि भारत तत्काल कोभिड खोप उपलब्ध गराउन तयार रहेको जानकारी दिनुभएकाे हाे ।

    भारतले कोभिडविरुद्धको खोपमा नेपाललाई प्राथमिकतामा राखेको छ’, त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भन्नुभयाे ‘अति आवश्यक खोप तत्काल उपलब्ध गराउन तयार छ।’