प्रतिनिधिसभा विघटनविरूद्दको मुद्दामा आजबाट निरन्तर सुनुवाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रतिनिधिसभा विघटनविरूद्दको मुद्दामा आजबाट निरन्तर सुनुवाई

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०७७, आईतवार

    काठमाडौं : प्रतिनिधिसभा विघटनविरूद्द दायर रिटमा आजबाट संवैधानिक इजलासमा निरन्तर  सुनुवाई  हुने भएको छ ।  प्रतिनिधिसभा विघटनसम्बन्धि १३ वटा रिट संवैधानिक इजलाशमा विचाराधीन छ । 

    प्रतिनिधिसभा विघटनको विषय बृहत् पूर्ण इजलासको क्षेत्राधिकारभित्र पर्ने भन्दै दायर निवेदनमा शुक्रबार संवैधानिक इजलाले बृहत् पूर्णमा लैजानु नपर्ने निर्णय गरेको थियो । इजलासको क्षेत्राधिकारको विषय टुंगिएपछि अब संवैधानिक इजलासमै प्रतिनिधिसभा विघटनविरूद्दको मुद्दामा नियमित  सुनुवाई हुनेछ । 

    पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि सो कार्य असंवैधानिक भन्दै दायर रिट पुस ८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलाशले संवैधानिक इजलासमा पठाएको थियो ।  पुस १० गते संवैधानिक इजलाशले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय, राष्ट्रपतिलाई पठाइएको सिफारिस पत्र, राष्ट्रपतिले विघटन सिफारिस जारी गरेको सक्कल प्रति मगाएको थियो ।