आँबुखैरेनीको अभियान : एक वडा-एक पोखरी, एक वडा-एक चौतारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीको अभियान : एक वडा-एक पोखरी, एक वडा-एक चौतारी

    खबरपुञ्ज संवाददाता

    ५ माघ २०७७, मंगलवार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले एक वडा ः एक पोखरी र एक वडा ः एक चौतारीको अभियान शुरु गरेको छ । पर्यावरण प्रबद्र्धन गर्ने उद्देश्य सहित गाउँपालिकाले प्रत्येक वडामा पोखरी र चौतारी निर्माण गर्न लागेको हो ।

    चालु आर्थिक वर्षभित्रै ६ वटै वडामा पोखरी र चौतारी निर्माण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । “वातावरण प्रबद्र्धन गर्ने उद्देश्य सहित यो अभियान शुरु गर्न लागेका हौ, यसका लागि बजेट पनि विनियोजन भइसकेको छ,” पोख्रेलले भन्नुभयो ।

    प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको रु २१ लाख बजेट पोखरी र चौतारी निर्माणमा खर्च गरिनेछ । सोमबार सम्पन्न आठौ गाउँसभाले यसको निर्णय गरिसकेको छ । “प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार सूचीमा सूचीकृत भएकालाई पोखरी र चौतारा निर्माणमा रोजगारी प्रदान गर्छौ,” पोख्रेलले भन्नुभयो ।