आँखा शिविर फेरि हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आँखा शिविर फेरि हुँदै

    खबरपुञ्ज संवाददाता

    ५ माघ २०७७, मंगलवार

    दुलेगौँडा : कोरोनाका कारण रोकिएको आँखा शिविर फेरि सुचारु हुने भएको छ । लायन्स क्लब अफ दुलेगौँडा खैरेनी सिटी र लियो क्बल अफ दुलेगौँडा खैरेनी सिटीको आयोजनामा यहाँको जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा प्रत्येक महिनाको ८ गते हुदै आएको आँखा शिविर कोरोनाको जोखिम बढेसँगै चैतदेखि बन्द भएको थियो ।


    माघ ८ गतेदेखि सुचारु हुने लियो क्बल अफ दुलेगौँडा खैरेनी सिटीका अध्यक्ष धर्मराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार हिमालयन आँखा हस्पिटल घारीपाटन पोखराको सहयोगमा शिविर हुनेछ । २० रुपैयाँको टिकट काटेर सेवाग्राहीले आँखाको परीक्षण गर्न पाउनेछन् ।