भीमाद र शुक्लागण्डकीमा समन्वयको टोली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भीमाद र शुक्लागण्डकीमा समन्वयको टोली

    खबरपुञ्ज संवाददाता

    ५ माघ २०७७, मंगलवार

    तनहुँ : जिल्ला समन्वय समिति तनहुँले भीमाद र शुक्लागण्डकी नगरपालिकामा चालु आर्थिक वर्षको यस अवधिमा भएका प्रगति बुझ्न अनुगमन गरेको छ । चालु आर्थिक वर्ष ०७७÷७८ का लागि स्वीकृत वार्षिक योजनाहरुको कार्य प्रगति विवरण जानकारी लिने उद्देश्यले समन्वय समितिले मङ्गलबार ती दुई पालिकाको अनुगमन गरेको हो ।

    समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा समन्वय समितिको टोलीले ती दुई पालिकाका प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतसँग कार्यप्रगतिका साथै समस्याका बारेमा जानकारी लिएको छ ।

    संविधानले स्थानीय तहले गरेका कामको अनुगमनको जिम्मेवारी दिएकाले समन्वय समितिले सोही बमोजिम जिल्लास्थित पालिकाको अनुगमन गरेको समन्वय समितिका सदस्य एवं प्रवक्ता गल गुरुङले जानकारी दिनुभयो । “स्थानीय तहमा भइरहेका योजनाको बारेमा जानकारी लिँदै आइपरेका समस्या बुझ्ने र प्रदेश र सङ्घीय सरकारलाई जानकारी गराउने उद्देश्य हो,” उहाँले भन्नुभयो ।

    अनुगमनमा समन्वय समितिका प्रमुख वाग्ले सहित उपप्रमुख पवित्रा पौडेल, जिल्ला समन्वय अधिकारी प्रेमराज गिरी, सदस्य निलबहादुर थापा, अर्जुन अधिकारी लगायत सहभागी हुनुहुन्थ्यो । जिल्ला समन्वय समितिलाई जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने, विकास निर्माण सम्बन्धि कार्यमा सन्तुलन कायम गर्ने र सो को अनुगमन गर्ने, जिल्लामा रहने स्थानीय र प्रदेशका सरकारी कार्यालय स्थानीय तहबीच समन्वय गर्ने जिम्मेवारी रहेको छ ।