पाँच महीनामा तीन हजार नागरिकता वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पाँच महीनामा तीन हजार नागरिकता वितरण

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०७७, बुधबार

    तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्ष ०७७÷७८ को पाँच महीनाको अवधिमा तीन हजार नौ जनालाई नागरिकता वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म तीन हजार ९ वटा वंशजको आधारमा नागरिकता वितरण गरेको हो ।

    कार्यालयले मङ्सिर महिनामा मात्रै एक हजार तीन सय वटा नागरिकता वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । बरालका अनुसार यस अवधिमा एक हजार पाँच सय २५ नागरिकताको प्रतिलिपि वितरण गरिएको छ ।

    कार्यालयले यस अवधिमा अवधिमा ८८ नाबालक परिचय वितरण गरेको छ भने ९ सय ३२ राहदानी वितरण गरेको छ । त्यस्तै जिल्लाबाट एक हजार दुई सय ८२ सिफारिस गरिएको छ भने दुई सय ६२ दु्रत सेवा सिफारिस गरिएको छ । यस अवधिमा एक जनाले नागरिकता परित्याग गरेको कार्यालयले जनाएको छ ।

    यस अवधिमा ३६ मुद्दा दर्ता भएकोमा ३१ वटा मुद्दा फछ्र्यौट भएको कार्यालयले जनाएको छ । यस्तै ३१ आदिवासी जनजाति प्रमाणित, सात सय १५ दलित प्रमाणित, पाँच सय ३४ पेन्सन सिफारिस र एक हजार दुई सय ८८ अन्य सिफारिस गरिएको कार्यालयले जनाएको छ । कार्यालयमा उक्त अवधिमा ८ वटा नयाँ संस्था दर्ता भएको छ भने तीन सय ५१ संस्था, एक सय सात हातहतियार नवीकरण र तीन हतियार नामसारी भएका छन् ।

    यसैगरी दुई सय ४० तिब्बती शरणार्थीको परिचयपत्र नविकरण भएको छ । तिब्बती शरणार्थी वर्षौदेखि शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित तिब्बतीयन क्याम्पमा बसोबास गर्दै आएका छन् । कार्यालयले नयाँ परिचय पत्र भने वितरण नगरेको जनाएको छ ।

    ८७ लाख राजश्व सङ्कलन

    कार्यालय पाँच महीनाको अवधिमा रु ८७ लाख ३२ हजार २९ राजश्व सङ्कलन गरेको छ । कार्यालयले यस अवधिमा संस्था दर्ता, हातहतियार नवीकरण, राहदानी दस्तुर र न्यायिक दण्ड जरिवानाबाट उक्त राजश्व सङ्कलन गरेको छ ।

    कार्यालयले सबैभन्दा बढी राहदानी दस्तुरबाट रु ६७ लाख ७० हजार पाँच सय राजश्व सङ्कलन गरेको छ । संस्था दर्ता मार्फत् रु चार लाख ३० हजार तीन सय ७०, हातहतियार नवीकरण मार्फत् रु ५९ हजार छ सय ५० र न्यायिक दण्ड जरिवाना मार्फत् रु १४ लाख ३० हजार तीन सय ८० राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।