काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइका क्रममा बुधबारदेखि बहसका लागि समय निर्धारण गरिएको छ। गत आइतबारदेखि नियमित सुनुवाइ हुन थालेको सो मुद्दामाथि बहसका लागि कुनै समय निर्धारण गरिएको थिएन। जसकारण कतिपय वरिष्ठ अधिवक्ता/अधिवक्ताले घण्टौं समय बहसमै बिताउने गरेका थिए। बहसमा ढिलाइ भएपछि अदालतको फैसला कहिले आउला भन्ने चासो व्यक्त भएको थियो।