पत्रकार महासङ्घका पूर्व अध्यक्ष खनालद्वारा दुई लाखको अक्षयकोष स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रकार महासङ्घका पूर्व अध्यक्ष खनालद्वारा दुई लाखको अक्षयकोष स्थापना

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०७७, बुधबार

    तनहुँ : नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व अध्यक्ष मुक्तिनाथ खनालले शाखामा रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । स्व. श्रीमती भवानी खनालको स्मृतिमा उहाँले पत्रकार महासङ्घ तनहुँ शाखामा रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको हो ।

    खनालले बुधबार काठमाडौस्थित आफ्नै निवासमा शाखाका पूर्व अध्यक्ष प्रदीप काफ्लेलाई रु दुई लाखको चेक हस्तान्तरण गर्नुभएको छ । शाखामा पत्रकारिता अक्षयकोष स्थापना गर्ने विगत केही वर्षदेखिकै चाहना बमोजिम आफूले सहयोग गरेको खनालले बताउनुभयो ।

    नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यले पत्रकारिता अक्षयकोष स्थापना गरेकामा खनाललाई धन्यवाद दिँदै अक्षयकोषबाट प्राप्त हुने रकमबाट वार्षिक रुपमा क्रियाशील पत्रकारलाई पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो ।