तनहुँका दश हजारलाई कोभिड विरुद्धको भ्याक्सिन, पहिलो चरणमा स्वास्थ्यकर्मीलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका दश हजारलाई कोभिड विरुद्धको भ्याक्सिन, पहिलो चरणमा स्वास्थ्यकर्मीलाई

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०७७, शुक्रबार

    तनहुँ : तनहुँका दश हजारलाई कोभिड विरुद्धको भ्याक्सिन लगाइनो भएको छ । बिहीबार भारत सरकारले उपलब्ध गराएको भ्याक्सिन तनहुँका दश हजार दुई सय ५९ जनालाई लगाउन लागिएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तनहुँलाई २४ हजार ४ सय ४९ डोज भ्याक्सिन उपलब्ध गराउन लागिएको छ । कोभिड भ्याक्सिन राख्नका लागि पोखरामा कोल्ड रुम बनाइएको छ ।

    मन्त्रालयका व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार हरेक जिल्लामा पहिलो ३ प्रतिशत खोप पाउने व्यक्तिको सूची आइसकेको छ। त्यसमा पनि खोपको उपलब्धता अनुसार डेढ प्रतिशत जनसख्ंयालाई पुग्ने गरी खोप हरेक प्रदेशलाई पठाइनेछ।

    कोरोना खोप एक जनालाई दुई डोज लगाउनु पर्ने हुन्छ। यसका साथै खोप लगाउने क्रममा १० प्रतिशत खोप खेर जानसक्ने हुन्छ।

    जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले पहिलो चरणमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई खोप दिइने जानकारी दिनुभयो । उहॉका अनुसार कहिलेदेखि खोप दिने भन्ने निश्चित छैन ।